पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सुशासनको आधार स्थापित गर्न विधिको शासन (Rule of Law) को जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन्।
अर्यालले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गरेको धारणा अनुसार, कानुनको शासन र कानुनद्वारा गरिने शासनबीच भिन्नता बुझ्न आवश्यक छ।
उनले फेसबुकमा लेखेका छन्, “‘Rule of Law’ र ‘Rule by Law’ बीच तात्त्विक फरक छ। सुशासनको जग बसाल्न Rule of Law को जगेर्ना गरौँ। दिशाबोध होस्, तत्वबोध पनि होस्।”
पूर्वमन्त्री अर्यालले भने कि सुशासन कायम गर्नका लागि केवल कानुन हुनु पर्याप्त होइन, त्यसको मर्म अनुसारको पालना र कार्यान्वयन पनि हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस्