Ads

२०८३ वैशाख १५ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला ।

वृष व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ ।

मिथुन बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।

कर्कट चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ ।

सिंह स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको पनि नाश हुन दिन छ । पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नुहोला । खानामा पनि एकदमै सावधान रहनुहोला, रोग लाग्न सक्छ ।

कन्या पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ ।

तुला आफूले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामान्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला ।

वृश्चिक प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्नेछन् । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला ।

धनु घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्त हुनेछन् । साथै अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।

मकर नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन ।

कुम्भ आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ ।

मीन पढाइमा र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला ।

Ads

सम्बन्धित पोष्टहरू