Ads

संस्थापनसँग एकताका लागि पूर्णबहादुरले अघि सारे चारबुँदे सर्त


नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनसँग एकताका लागि चारबुँदे सर्त अघि सारेका छन् । काठमाडाैं जारी आफूपक्षीय नेताहरूको भेलामा खड्काले एकताका लागि चारबुँदे प्रस्ताव अघि सारेका हुन् ।

‘१४औँ महाधिवेशन र विषेश महाधिवेशन समिति मर्ज गर्ने, सोही समितिले सहमतिमा महाधिवेशन आयोजक समिति बनाउनुपर्ने, पार्टीको निर्वाचन समिति सहमतिमा गठन गर्नुपर्ने र क्रियायाशील सदस्यता छानबिन समिति सहमतिमा गठन गर्नुपर्ने चारबुँदे सर्त खड्काले पेस गरेका हुन् ।

उनले यी बुँदामा अरु नेताहरूसँग सुझाव मागेका छन् । बैठकमा खड्काले महाधिवेशन आयोजना गर्नेसम्बन्धमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धोका दिएको प्रसंग पनि सुनाए । ‘नियमित महाधिवेशनको तालिका पुसभित्र ल्याउने हो भने विषेश महाधिवेशन हुँदैन भनेर तत्कालीन महामन्त्रीहरूले भन्नुभएको थियो । उहाँहरूबाट सहमति पालना भएन  धोका भयो । त्यसको साक्षी रमेश लेखक जी हुनुहुन्छ’, खड्काले भने ।

उनले संस्थापनबाट पार्टीमा एकताको प्रस्ताव अहिलेसम्म नआएको बताए । ‘पार्टीमा एकता ल्याउन गगनजी भेट्न आउनुभयो । खाका ल्याउन भएको छु अहिलेसम्म आएको छैन’, खड्काले भने । आफूहरूले जति प्रयत्न गर्दा पनि अर्कोपक्षले नमानेपछि पार्टीमा दुर्घटना भएको उनले सुनाए ।

Ads

सम्बन्धित पोष्टहरू