Ads

हामीले एमालेलाई पुनर्गठित गर्छौं


नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने बताएका छन्।

बुधबार २७औं यदु स्मृति दिवस तथा २४औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले फागुन २१ गतेको निर्वाचन नतिजालाई गम्भीर धक्का ठानेर पार्टीभित्र गहन समीक्षा हुने पनि बताए।

पौडेलले विगत १० वर्षमा एमालेले दुई तिहाइ नजिकको सरकार बनाउने जस्ता ठूला सफलता हासिल गरेको स्मरण गर्दै, हालको पराजयले नयाँ चुनौती प्रस्तुत गरेको उल्लेख गरे। उनले आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’को मार्गनिर्देशनमा पार्टीको नीति र विचार अद्यावधिक गरिने जानकारी दिए।

उनी कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ सङ्गठन निर्माणमा जुट्न आह्वान गर्दै, वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अध्यादेशको बाटो रोजेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि बताए।

Ads

सम्बन्धित पोष्टहरू