Ads

रास्वपाका सांसदलाई रविका १२ बुँदे निर्देशन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका सांसद रवि लामिछानेले सांसदहरूलाई समसामयिक राजनीतिक विषय र पार्टीको रणनीतिबारे १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार आयोजित बैठकमा लामिछानेले सांसद र मन्त्रीबीच नियमित अन्तरक्रिया, अध्यादेश, सुकुम्वासी व्यवस्थापन, संगठन निर्माण र कानुन बनाउने प्राथमिकतामा पार्टीको दृष्टिकोण स्पष्ट पारे।

उनले सांसदहरूलाई दिएको १२ बुँदे निर्देशनमा मुख्य बुँदा यस प्रकार छन्:

  • सांसद र मन्त्रीबीच निश्चित समय अन्तरालमा सचिवसहित मन्त्रालयगत अन्तरक्रिया गरिने।
  • सरकार फेरिएसँगै सत्ता र सार्वजनिक सेवाको संस्कार सुधार प्राथमिकता।
  • पार्टी सेवक र सहजकर्ताका लागि रहेको, मालिक बन्न खोज्नेका लागि नभएको।
  • हेल्लो सरकारको प्रभावकारिता बढाउने र कामको ट्रयाक राख्ने।
  • सांसदले सबै तहको समन्वय गर्ने, तर कानून बन्न खोज्नु हुँदैन।
  • अन्तर्जातीय विवाहको बहानामा समाजमा हुने विभेद र दुर्घटना रोक्न पहल।
  • खाडी द्वन्द्वको असर बजार मूल्यमा परेको बारे गम्भीर ध्यान।
  • संगठन निर्माणमा सबैले जिम्मेवारीपूर्वक लाग्न।
  • जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीको सुरक्षा सुनिश्चित गर्नु र घरबार बिहिन नगर्न सरकारको जिम्मेवारी।
  • अध्यादेश सुधारको अभ्यास आवश्यक, अनावश्यक दलीयकरण नगर्न।
  • संवैधानिक आयोग र नियोगका खाली स्थानमा सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउने।
  • नियमित छलफल, आवश्यक सहजीकरण र संगठनमा प्रमाणित भएर मात्रै अवसरको अपेक्षा राख्ने।                                                                                                                              लामिछानेले सांसदहरूलाई आफ्नो कर्तव्य पूरा गर्न र पार्टीको मूल्य र रणनीति अनुरूप काम गर्न उच्च मनोबलका साथ सक्रिय रहन आह्वान गरेका छन्।
Ads

सम्बन्धित पोष्टहरू