मेष पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । व्यापारमा सोचेअनुसार फाइदा हुनेछ र यो लाभदायक समय देखिन्छ । आर्थिक लाभ प्राप्त हुनुका साथै व्यवसायमा प्रगति हुनेछ ।
वृष वाहन वा चौपाया प्राप्त हुने सम्भावना छ, साथै नयाँ सामान खरिद गर्ने योग देखिन्छ । आकस्मिक रूपमा सफलता वा असफलता दुवै मिल्न सक्ने समय हो । रुपैयाँ पैसाको कारोबार हुने दिन छ ।
मिथुन अनावश्यक डर र विवादको सम्भावना भएकाले समय धेरै अनुकूल छैन । गरेका कामहरू अधुरा रहन सक्छन् र स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य विवाद हुन सक्छ ।
कर्कट घर परिवारमा खटपट हुन सक्छ र व्यवहारिक समस्याले सताउन सक्छ । कामहरू अधुरा रहनाले मन खिन्न हुन सक्छ । परिवारबाट अपेक्षाअनुसार सहयोग नपाइने सम्भावना छ ।
सिंह घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ र दिन रमाइलोसँग बित्नेछ । रोकिएका तथा अधुरा कामहरू पूरा हुनेछन् । व्यवहारिक समस्याको समाधान हुनेछ । नयाँ काम सुरु गर्न उपयुक्त समय छ ।
कन्या कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्य प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । अप्रत्याशित स्थानबाट आर्थिक लाभ हुने संकेत छ ।
तुला स्वास्थ्यमा समस्या आउन सक्छ र उपचारमा खर्च बढ्न सक्छ । गरेका कामहरू ढिलो बन्ने वा अपेक्षाअनुसार फल नपाइने सम्भावना छ । काममा अवरोध आउन सक्छ र आर्थिक हानी हुन सक्छ ।
वृश्चिक जाँगरमा वृद्धि हुनेछ र आफन्तको सहयोगले रोकिएका कामहरू अघि बढ्नेछन् । प्रयास अनुसार सफलता मिल्नेछ र समस्याहरूको समाधान हुनेछ । अन्न तथा धन लाभ हुने संकेत छ ।
धनु उद्योग तथा व्यवसायमा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरू क्रमशः समाधान हुँदै जानेछन् । धैर्य र परिश्रमले राम्रो परिणाम दिनेछ ।
मकर लामो यात्राको योजना अघि बढ्नेछ । परिवार र साथीभाइबाट सुख शान्ति प्राप्त हुनेछ । यात्राका लागि उपयुक्त समय छ । कृषि कर्म र व्यवसायमा केही चुनौती आउन सक्छ ।
कुम्भ सोचे अनुसार काम नहुन सक्छ र दिएको पैसा फिर्ता नआउने सम्भावना छ । परिवारबाट अपेक्षा अनुसार सहयोग नपाइने हुँदा व्यवहारिक काममा कठिनाइ हुनेछ ।
मीन आज समय अलमलपूर्ण हुन सक्छ र काममा मन नलाग्न सक्छ । प्रयास गरेमा अधुरा कामहरू पूरा हुन सक्छन् र समस्याको समाधान सम्भव छ । परिवारबाट सहयोग र सुख मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्