Ads

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको दबाब, फेरि पठायो


वैशाख २२ — रामचन्द्र पौडेल ले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न सरकारले सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जस्ताको त्यस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले बैठकको निर्णय सार्वजनिक गर्दै अध्यादेश पुनः सिफारिस गरिएको जानकारी दिए।

राष्ट्रपति पौडेलले आइतबार उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। तर, त्यसको २४ घण्टा नबित्दै सरकारले कुनै संशोधन नगरी पुनः सिफारिस गरेको हो।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ। अध्यादेशमार्फत महत्वपूर्ण संवैधानिक निकायमा हुने नियुक्तिसम्बन्धी प्रक्रिया प्रभावित हुन सक्ने भएकाले यस विषयलाई संवेदनशील रूपमा हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू