Ads

गगन, विश्व र खड्काबीच भेटवार्ता


नेपाली कांग्रेस का महामन्त्री गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का बीच भेटवार्ता भएको छ।

खड्का निवास, गल्फुटारमा भएको भेटमा महामन्त्री थापाले पार्टीभित्रको एकता सुदृढ बनाउने विषयमा छलफल गरेका थिए। नेताहरूबीच पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने समझदारी बनेको एक नेताले जानकारी दिए।

भेटमा समसामयिक राजनीतिक परिस्थिति तथा संगठन सुदृढीकरणका विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू