उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ मा नयाँ कार्यसमिति चयन भएको छ। महासंघको ६०औँ साधारणसभा तथा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको हो।
विद्यमान विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन्। उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए। अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको रहनेछ।
उपाध्यक्षमा को-को ?
जिल्ला तथा नगर उद्योग वाणिज्य समूहबाट उपाध्यक्षमा कृष्णप्रसाद शर्मा (८७ मत) र दिलसुन्दर श्रेष्ठ (८० मत) विजयी भए। उनीहरूका प्रतिस्पर्धी उमेश डालमिया (५७) र कल्पना गैरे (३४) पराजित भए।
वस्तुगत समूहबाट उपाध्यक्षमा नरेशलाल श्रेष्ठ ६३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे।
एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे १,०७९ मतसहित विजयी भए। उनकी प्रतिस्पर्धी ज्योत्स्ना श्रेष्ठले ७५० मत प्राप्त गरिन्।
जिल्ला-नगर समूह सदस्य
जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्य (खुला)मा १५ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन्।
महिलातर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन्।
प्रदेशतर्फ १४ जना सदस्य निर्वाचित भएका छन्। कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भए।
गण्डकीबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन् भने सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन्।
वस्तुगत समूह
वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन्। जसमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्।
यस समूहमा चार जना उम्मेदवारले समान ५०/५० मत ल्याएर बराबरी गरेका छन्। महिलातर्फ सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन्। साथै विश्वनाथ खनाल र सुनैना घिमिरे पनि सदस्यमा निर्वाचित भएका छन्।
एसोसिएट समूह
एसोसिएटतर्फ कार्यसमिति सदस्यमा १७ जना निर्वाचित भएका छन्। जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा रहेका छन्।
महिलातर्फ अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ मनोज पौडेल सदस्यमा निर्वाचित भएका छन्।
संस्थापक समूह
संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस्