मेष मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला ।
वृष भाग्यले साथ दिनेछैन । खर्च बढ्ने, लेन देनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।
मिथुन व्यापारमा सफलता पाउनु होला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
कर्कटअधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला ।
सिंह परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ ।
कन्या व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ ।
तुला दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ ।
वृश्चिक अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ ।
धनु अनावश्यक झमेलामा परिएला, खानामा सावधान रहनुहोला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला ।
मकर रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
कुम्भ आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ ।
मीन लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला ।
प्रतिक्रिया दिनुहोस्