Ads

प्रधानन्यायाधीश प्रकरणमा छलफल गर्न बारको आकस्मिक बैठक जारी


सरकारद्वारा प्रधानन्यायाधीशको लागि गरिएको सिफारिसबारे नेपाल बार एसोसिएसनले आफ्नो धारणा बनाउन आकस्मिक बैठक सुरु गरेको छ।

संवैधानिक परिषद्को हालै सम्पन्न बैठकले वरिष्ठता मिच्दै चौथो नम्बरमा रहेका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको थियो। यस निर्णयप्रति आपत्ति जनाउँदै बार एसोसिएसनले आकस्मिक बैठक बोलाएर यस विषयमा औपचारिक धारणा तयार पार्ने तयारी गरेको जनाएको छ।

बार एसोसिएसनका पदाधिकारीहरूले वरिष्ठता र पेशागत योग्यता उल्लङ्घन भएको भन्दै न्यायिक स्वतन्त्रतामा असर पर्ने बताइरहेका छन्। बैठकमा आगामी कदमबारे छलफल हुने र आवश्यक परे कानुनी र औपचारिक कदम चालिने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्।

Ads

सम्बन्धित पोष्टहरू