Ads

बजेट अधिवेशनको पहिलो बैठकमै सरकारलाई घेर्ने विपक्षीको तयारी


सोमबारदेखि सुरु हुन लागेको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभा को पहिलो बैठकमै विपक्षी दलहरूले सरकारविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने तयारी गरेका छन् ।

दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले संवैधानिक परिषद्सम्बन्धी विषय, सरकारले जारी गरेका अध्यादेश तथा सुकुमबासी व्यवस्थापनका नाममा भएको भनिएको ज्यादतीबारे सरकारसँग जवाफ माग्ने तयारी गरेका हुन् ।

यस विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित अन्य विपक्षी दलहरू एकमत देखिएका छन् । संसद्मा सरकारलाई दबाब दिन साझा रणनीति बनाउने विषयमा विभिन्न दलका नेताहरूबीच आन्तरिक छलफलसमेत भएको बताइएको छ ।

सरकारले सोमबारका लागि प्रतिनिधिसभाका तीनवटा बैठक बोलाएको छ । त्यसमध्ये दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा रामचन्द्र पौडेल ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

पछिल्लो समय सरकार स्वेच्छाचारी बन्दै गएको आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन् । यही विषयलाई केन्द्रमा राख्दै उनीहरूले संसद्मा सामूहिक रूपमा आवाज उठाउने तयारी गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू