Ads

बालेन प्रधानमन्त्री बन्नु मेरा लागि क्रान्तिकै संकल्पको जीत हो : प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संसद समावेशी बन्नुमा आफूहरूले गरेको संघर्षको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले सञ्चालन गरेको आन्दोलनकै परिणामस्वरूप विभिन्न पृष्ठभूमिका व्यक्तिहरू राज्यको नेतृत्व तहमा पुग्न सफल भएको दाबी गरे।

उनले सदनमा नयाँ शक्ति र नयाँ अनुहारहरूको आगमनलाई सकारात्मक रूपमा लिँदै जो आए पनि आफ्नैजस्तो अनुभूति हुने बताए।

सम्बोधनका क्रममा उनले बालेन्द्र शाहको उदाहरण प्रस्तुत गर्दै भने, “बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक भए पनि यो परिवर्तन क्रान्तिकै संकल्पको परिणाम हो भन्ने मलाई लाग्छ।”

त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको स्मरण गरे। साथै रवि लामिछाने तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाईसमेत दिए।

Ads

सम्बन्धित पोष्टहरू