राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले आम जनताको विश्वास र भरोसा जितेको बताए।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, “जनताको विश्वासकै कारण हामीले दुई तिहाइ नजिकको समर्थन पाएका छौँ। रास्वपा अहिले देशको मात्र होइन, राज्यको सम्पूर्ण बागडोर सम्हालेर अघि बढिरहेको छ। हामीले हाम्रा वाचापत्र मात्र पूरा गरेका छैनौँ, प्रतिपक्षका वाचापत्रका कुरा पनि ध्यानमा राखेका छौँ।”
पराजुलीले निर्वाचनको बेला पार्टीले दिएका वाचाहरू पूरा भएको जिकिर गर्दै विपक्षी दललाई प्रश्न गरे, “तपाईंहरूको वाचापत्र निर्वाचन सम्पन्न भएपछि कहाँ फाँकिन्थ्यो होला? विगत ३७ वर्षमा कति वाचाहरू पूरा भए र ती जनतासम्म पुगे?”
उनले थपे, “सयौँ कार्यदेश तयार पारेर सरकारले आफ्नो काम कारबाही अगाडि बढाएको छ, जसले जनताको विश्वास अझ प्रगाढ बनाएको छ।”
पराजुलीको अभिव्यक्तिले वर्तमान सरकारको कामप्रति रास्वपाको आत्मविश्वास र आम जनताको समर्थनको संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्