३२औँ पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् ।
कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएकाे छ ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।
सोलुखुम्बु थामेका ५६ वर्षीय शेर्पाले सन् २०२६ सम्म आइपुग्दा निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गर्दै आएको सेभेन समिट ट्रेकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्