Ads

प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन


प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ प्रक्रिया सम्पन्न गरेपछि शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

समितिले मंगलबार नै शर्मासँग सुनुवाइ गरेको थियो । सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको उनले जवाफ दिएका थिए । त्यसपछि बसेको बैठकले उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्को सिफारिसपछि शर्माको नाम संसदीय सुनुवाइ समितिमा पुगेको थियो । समितिबाट अनुमोदन भएसँगै उनी प्रधानन्यायाधीश नियुक्त हुने प्रक्रिया अघि बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू