Ads

प्रधानन्यायाधीश नियुक्तिमा सरकारले न्यायालयमा राजनीति घुसायो : वर्षमान पुन


वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता प्रणाली मिचेर राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियताक्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइएको बताएका हुन् ।

उनले यस्तो निर्णयले न्यायालयमा राजनीतिक हस्तक्षेप बढ्ने खतरा रहेको टिप्पणी गरे । विगतमा आफू आबद्ध दलले न्यायालयमा राजनीति नगरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने न्यायालयभित्र राजनीति प्रवेश गराएको आरोप लगाए ।

पुनले संसदीय सुनुवाइ समितिमा समेत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गरिएको बताए । सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको उनको भनाइ थियो ।

उनले दुई तिहाइ नजिकको जनमत प्राप्त सरकारले राम्रो काम गर्छ भन्ने अपेक्षाका आधारमा आफूहरूले पनि प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको स्पष्ट पारे ।

Ads

सम्बन्धित पोष्टहरू