मानव सेवा समाज रुकुम पूर्वले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
समाजले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, पत्रकारिता तथा व्यवसाय क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको उच्च कदर गरेको हो ।
सम्मानित हुनेहरूमा शिक्षक भुपेन्द्र आचार्य, स्वास्थ्यकर्मी ज्ञानी वली, पत्रकार कृष्ण पुन, व्यवसायी लोकेन्द्र बहादुर शाही,समाजसेवी बलजित खड्का,जितेन्द्र खड्का, रामबहादुर पुन तथा मानव सेवा समाज रुकुम पूर्व सदस्य निमा पुन रहेका छन् ।
सम्मान कार्यक्रममा कृष्ण रेग्मीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले समाज रूपान्तरणमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताए ।
कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्