Ads

२८ खर्ब ७८ अर्ब पुग्यो सरकारको सार्वजनिक ऋण


अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०८३/८४ प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले हालसम्म सरकारको सार्वजनिक ऋण दायित्व निरन्तर बढिरहेको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले ५ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर फागुन मसान्तसम्म आन्तरिक तथा बाह्य स्रोतबाट कुल ३ खर्ब रुपैयाँ मात्र ऋण परिचालन गरिएको छ ।

अर्थमन्त्री वाग्लेले विकास निर्माण, बजेट व्यवस्थापन तथा आर्थिक गतिविधि सञ्चालनका लागि सार्वजनिक ऋण परिचालन आवश्यक रहेको उल्लेख गर्दै ऋणको प्रभावकारी व्यवस्थापनमा सरकार केन्द्रित रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू