Ads

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा


नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी ५’ मा प्रभावशाली जित हासिल गरेका छन् ।

चीनको मकाउमा जारी प्रतियोगिताअन्तर्गत ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै पराजित गरेका हुन् ।

ढाँट पहिलो र दोस्रो दुवै राउन्डमा एकपक्षीय रूपमा हावी देखिएका थिए । आक्रामक र शक्तिशाली प्रदर्शन गर्दै उनले विपक्षीमाथि दबाब कायम राखे र अन्ततः दोस्रो राउन्डमै निर्णायक जित निकाले ।

यस जितसँगै रवीन्द्र ढाँटले प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

विश्व चर्चित यूएफसी छनोटमा नेपालका रवीन्द्र ढाँट

Ads

सम्बन्धित पोष्टहरू