Ads

मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्‌मा प्रस्तुत हुने बजेट स्वीकृत


सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्मा प्रस्तुत गर्ने वार्षिक बजेट स्वीकृत गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षामन्त्री सस्मित पोखरेल ले मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको बजेट पारित गरेको जानकारी दिए।

सरकारले आजै संघीय संसद्मा आगामी आर्थिक वर्षका लागि आय–व्ययको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। बजेटमार्फत सरकारले आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू