Ads

सार्वजनिक संस्थानहरू पीपीपी मोडलमा सञ्चालन गरिने


अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारले सार्वजनिक संस्थानहरूको सञ्चालन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा लैजाने घोषणा गरेका छन् ।

शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उनले सार्वजनिक संस्थानहरूको सञ्चालनलाई बढी प्रभावकारी बनाउन पीपीपी मोडल अपनाइने बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले यसका लागि उचित प्रणालीमार्फत विस्तृत सम्पत्ति मूल्यांकन (डीडीए) गरी ती संस्थानहरूलाई चरणबद्ध रूपमा पीपीपी मोडलमा रूपान्तरण गरिने जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू