Ads

महिलाका लागि सीसी क्यामेरासहित ‘ब्लू बस’ सेवा सञ्चालन गरिने


अर्थमन्त्री स्वर्णिम वाग्ले ले महिलाका लागि सीसी क्यामेरासहितको ‘ब्लू बस’ सेवा सञ्चालन गरिने घोषणा गरेका छन् ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उनले महिलाको सुरक्षित सार्वजनिक यातायात पहुँचलाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गरिने बताएका हुन् ।

बजेटमार्फत सरकारले काठमाडौं उपत्यकाका सडकलाई धुलोरहित बनाउने घोषणा पनि गरेको छ ।

अर्थमन्त्री वाग्लेले राजधानीको सडक व्यवस्थापन, सरसफाइ तथा यातायात सुधारलाई आगामी वर्षको प्राथमिकतामा राखिएको उल्लेख गरे ।

Ads

सम्बन्धित पोष्टहरू