Ads

सरकारले बढायो कर्मचारीको तलब, न्यूनतम ४० हजार हुने


अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारी कर्मचारीको तलब वृद्धि गरिएको घोषणा गरेका छन् ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उनले महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेका अनुसार नयाँ व्यवस्थाअनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ र अधिकतम एक लाख रुपैयाँभन्दा माथि पुग्नेछ ।

उनले वृद्धि गरिएको नयाँ तलब आगामी आर्थिक वर्षदेखि लागू हुने बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू