प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएलगत्तै सदनबाट बाहिरिएका छन्।
प्रधानमन्त्रीले प्रत्येक दलका एक–एक जना सांसदको जिज्ञासाको सम्बोधन गरेपछि बैठकको कार्यसूची अघि बढ्ने क्रममा पुनः विवाद उत्पन्न भएको हो।
प्रधानमन्त्री बाहिरिएपछि एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बोल्न समय मागेका थिए। त्यसक्रममा सभामुखले आपत्ति जनाउँदै सांसदहरूको गतिविधि संसदीय मर्यादाविपरीत रहेको टिप्पणी गरे।
सभामुखले एमालेका सांसद ऐन महर र श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदीय आचरणअनुसार व्यवहार नगरेको आरोप लगाए। साथै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईलाई प्रयोग गरिने भाषामा संयम अपनाउन तथा मर्यादित अभिव्यक्ति दिन ध्यानाकर्षण गराएका छन्।
सदनमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर केही दिनदेखि विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका बेला उनको सम्बोधनपछि पनि संसदमा तनावपूर्ण अवस्था देखिएको छ।
प्रतिक्रिया दिनुहोस्