रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।
गएराति सम्पन्न रोमान्चक फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलोरले लगातार दोस्रोपटक आईपीएलको उपाधि आफ्नो नाम गरेको हो।
गुजरातले प्रस्तुत गरेको १५६ रनको मध्यम लक्ष्यलाई बेङ्गलोरले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सन्तुलित ब्याटिङ प्रदर्शन गरेको बेङ्गलोरले सुरुआतदेखि नै खेललाई आफ्नो नियन्त्रणमा राख्दै सहज जित निकाल्यो र उपाधि रक्षा गर्यो।
यस संस्करणको आईपीएलमा राजस्थान रोयल्सका युवा खेलाडी वैभव सूर्यवंशी सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका सूर्यवंशीले प्रतियोगिताभर कुल ७७६ रन प्रहार गर्दै ‘ओरेन्ज क्याप’ जिते।
त्यस्तै, बलिङतर्फ गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो रबाडाले आफ्नो प्रभुत्व जमाए। प्रतियोगिता अवधिभर घातक बलिङ गर्दै २९ विकेट लिएका रबाडा सर्वाधिक विकेट लिने खेलाडी बन्दै ‘पर्पल क्याप’ हात पार्न सफल भए।
लगातार दोस्रोपटक उपाधि जितेसँगै बेङ्गलोरले आईपीएलमा आफ्नो वर्चस्व कायम राखेको छ भने आफ्ना समर्थकहरूलाई अर्को ऐतिहासिक सफलताको उपहार दिएको छ।
प्रतिक्रिया दिनुहोस्