Ads

२०८३ जेठ २० गते बुधबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतका प्रयास र लगानीबाट लाभ प्राप्त हुने संकेत छ । पारिवारिक विषयमा भने केही असमझदारी देखिन सक्छ, त्यसैले संवादमा संयम अपनाउनु राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिभा र सिर्जनशीलताको उचित मूल्यांकन हुने दिन छ । परिवारमा खुसीको वातावरण बन्नेछ भने व्यवसायमा गरिएको लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ योजना र कामको सुरुवातका लागि समय अनुकूल छ । अधुरा रहेका कार्यहरू पूरा हुने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक पक्ष बलियो बन्ने संकेत देखिएको छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । चुनौतीपूर्ण परिस्थितिमा पनि आत्मविश्वासका साथ अघि बढ्दा सफलता हात पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ । साथीभाइ वा सहकर्मीसँग सामान्य मतभेद हुन सक्छ । खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानीका नयाँ अवसरहरू प्राप्त हुन सक्छन् । व्यापार तथा व्यवसायमा उन्नतिको संकेत छ । व्यवहारिक सोच र मेहनतले लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) केही अतिरिक्त जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउन सक्छ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पूरा हुने सम्भावना छ । नयाँ अवसर र जिम्मेवारी प्राप्त हुन सक्छ । अनुशासन र निरन्तरताले दीर्घकालीन सफलता दिलाउने संकेत छ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे) परिश्रमको प्रतिफल प्राप्त हुने दिन छ । पेशा, व्यवसाय वा जागिरमा सकारात्मक उपलब्धि हासिल हुन सक्छ ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)शिक्षा, अध्ययन र नयाँ ज्ञान प्राप्तिका लागि समय अनुकूल छ । कामको सिलसिलामा यात्रा हुन सक्छ । खर्च बढेपनि त्यसले भविष्यका लागि फाइदा पुर्‍याउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कामको दबाब र प्रतिस्पर्धा बढ्न सक्छ । धैर्य र समझदारीका साथ अघि बढ्दा चुनौतीलाई अवसरमा बदल्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)सामाजिक प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ । सेवामूलक तथा रचनात्मक कार्यमा रुचि बढ्नेछ । केही अतिरिक्त खर्च भएपनि परिवारको साथ र सहयोगले आत्मविश्वास कायम रहनेछ ।

Ads

सम्बन्धित पोष्टहरू