Ads

रविलाई भेटेपछि मोदीले लेखे- नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई समर्थन गर्छु


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटवार्तापछि प्रसन्नता व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

बुधबार नयाँदिल्लीमा भएको भेटपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै त्यसमा आफ्नो पूर्ण समर्थन रहेको बताएका हुन्।

“नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु,” मोदीले लेखेका छन्।

उनले भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

मोदीले नयाँ सरकारसँग सहकार्य गर्दै नेपाल–भारत सम्बन्धलाई थप मजबुत, व्यापक र बहुआयामिक बनाउने अपेक्षा राखेको बताएका छन्।

पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर तथा भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग समेत भेटवार्ता गरेका थिए। मोदीसँगको भेटलाई भने उनको भ्रमणको सबैभन्दा महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू