मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज केही बाधा र दबाबबीच काम गर्नुपर्ने अवस्था देखिए पनि आपसी समन्वय राम्रो रहनेछ । आफ्नो क्षमता र मिहिनेतको सही प्रयोग गर्न सके उपलब्धि हासिल गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागिता जनाउने अवसर मिल्नेछ । बुद्धि र सीपको प्रयोगबाट मान–सम्मान प्राप्त हुने सम्भावना छ । अध्ययन तथा शिक्षण क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) यन्त्र तथा उपकरण प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ । विवाद र अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुनेछ । मनमा बेचैनी र असन्तुष्टि बढ्न सक्ने भएकाले धैर्यता आवश्यक छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रविधि तथा अनलाइन माध्यमबाट लाभ मिल्न सक्छ । कला, साहित्य, संगीत तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । मनोरञ्जनमा समय बिते पनि भविष्यका लक्ष्य प्रति केन्द्रित रहन आवश्यक छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो पहिचान स्थापित गर्ने प्रयास सफल हुन सक्छ । तर रिस र आवेग नियन्त्रण गर्न आवश्यक छ । विरोधी पक्ष सक्रिय हुन सक्ने भएकाले गोपनीय विषयमा सतर्क रहनुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सीप तथा प्राविधिक ज्ञानबाट लाभ मिल्ने दिन छ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने परिवारमा खुसीको वातावरण रहनेछ । नोकरी तथा व्यवसायमा प्रगतिको संकेत देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारबाट सहयोग र विभिन्न लाभ प्राप्त हुने सम्भावना छ । अध्ययनमा ध्यान केन्द्रित गर्न आवश्यक छ । आवेग र क्रोधले सम्बन्धमा असर पार्न सक्ने भएकाले संयमित व्यवहार गर्नु उपयुक्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनलाई उत्साहित बनाउने काममा संलग्न हुँदा सफलता मिल्नेछ । साथीभाइसँगको सम्बन्धमा केही असमझदारी आउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)परिवार, आफन्त र मित्रसँग सम्बन्ध सुदृढ बनाउने अवसर मिल्नेछ । व्यवसाय विस्तारका लागि प्रचारप्रसार र सञ्चार माध्यम प्रभावकारी बन्न सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मेहनतअनुसार उपलब्धि प्राप्त हुने दिन छ । उच्च शिक्षा तथा अनुसन्धानमा संलग्न व्यक्तिका लागि समय अनुकूल छ । रचनात्मक क्षमता वृद्धि हुनेछ भने कार्य क्षेत्रमा वरिष्ठको सहयोग प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन तथा कार्यक्षेत्रमा केही अवरोध आउन सक्छ । अनावश्यक खर्च बढ्ने तथा मानसिक तनाव महसुस हुन सक्छ । जोखिमपूर्ण कामबाट टाढा रहनुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अचानक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । सरकारी तथा प्रशासनिक काममा अड्किएका विषय समाधान हुन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्