काठमाडौं , । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्