Ads

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तरराष्ट्रिय शान्ति पुरस्कार प्रदान


काठमाडौँ, । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ बाट वरिष्ठ चिकित्सक डा गौरीशङ्कर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

साथै, डा डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग ९कोइका० लाई प्रदान गरिएको छ । सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गरेका थिए । राष्ट्रिय शान्ति पुरस्कारको राशि रु एक लाख रहेको छ ।

पुरस्कार प्राप्त डा गौरीशङ्कर लाल दास चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । त्यस्तै, डा रामप्रसाद पोखरेलले नेपालको नेत्रचिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति सङ्घको स्थापना र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, विपद् व्यवस्थापन र संस्थागत क्षमता विकासलगायत क्षेत्रमा दीर्घकालीन सहयोग गर्दै आएको छ । कार्यक्रममा पुरस्कार छनोट तथा शिक्षा र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप प्रा डा मोहन लोहनी, प्रा डा जयराज आचार्य र प्रा डा प्रेमकुमार खत्रीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।

पुस्तकालय विकास समितिकी अध्यक्ष प्रा डा विणा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चन्द्रकिरण श्रेष्ठले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए । समितिले हालसम्म १२ पटकसम्म उक्त पुरस्कार प्रदान गरिसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू