Ads

कांग्रेसको मौनधारणप्रति सभामुख अर्यालको आपत्ति, ‘सदनको अपमान भयो’


प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले आफैं समय निर्धारण गरेर मौनधारण गरेको विषयमा सभामुख डीपी अर्यालले कडा आपत्ति जनाएका छन्।

बैठकका क्रममा कांग्रेस सांसदहरूले शहीदहरूप्रति सम्मान व्यक्त गर्दै पाँच मिनेट मौनधारण गरेका थिए। तर, सभामुख अर्यालले संसद् सञ्चालनको अधिकार सभामुखमा निहित रहेको उल्लेख गर्दै कांग्रेसको उक्त कदमले सदनको मर्यादा र प्रक्रियामाथि प्रश्न उठाएको बताएका छन्।

सभामुख अर्यालले सांसदहरूलाई सम्बोधन गर्दै भने, “हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफ्नै विवेक प्रयोग गर्नुभयो। आफैंले समय तोकेर जुन किसिमको प्रयास गर्नुभयो, यो सभामाथिको अपमान भएको देखिन्छ।”

उनले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सबै दल र सांसदहरूको ध्यानाकर्षण गराउँदै संसदीय प्रक्रिया र मर्यादाको पालना गर्न आग्रह गरे।

कांग्रेसको मौनधारण र त्यसप्रति सभामुखको असन्तुष्टिपछि संसद् बैठकमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। संसदीय अभ्यास र सदन सञ्चालनको अधिकारसम्बन्धी विषयलाई लिएर राजनीतिक वृत्तमा समेत यस घटनाबारे चर्चा सुरु भएको छ।

Ads

सम्बन्धित पोष्टहरू