प्रतिनिधिसभामा देखिएको गतिरोध र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका प्रमुख सचेतक तथा सचेतकहरूको सर्वदलीय बैठक जारी रहेको छ।
बैठकमा प्रतिनिधिसभाको अवरोध अन्त्य गर्ने उपाय, संसद्को आगामी कार्यसूची तथा वर्तमान राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको जनाइएको छ। साथै सदनलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा विपक्षी दलहरूबीच साझा रणनीति तय गर्ने प्रयास भइरहेको बताइएको छ।
संसद्मा जारी राजनीतिक विवाद र अवरोधका बीच बसेको यो बैठकलाई आगामी संसदीय गतिविधिका लागि महत्वपूर्ण मानिएको छ।
प्रतिक्रिया दिनुहोस्