Ads

२०८३ जेठ २७ गते बुधबार, तपाईको दैनिक राशिफल


मेषःव्यापार व्यवसायबाट अपेक्षित लाभ नहोला । बादविवादको सम्भावना देखिन्छ, सचेत रहनुहोला । स्थानान्तरण र टाढाको यात्राको सम्भावना देखिन्छ ।

वृषः शैक्षिक, कृषि एवं व्यापारिक काम कारोबारमा प्रगतिको समय छ । मिष्ठान्न भोजनमा रमाईएला । नयाँ काममा हात हाल्ने समय छ ।

मिथुनः सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कर्कटः आज यात्राको सम्भावना देखिन्छ । चोट पटकको संभावना रहने छ, इष्टदेवको स्मरण गर्नुहोला । कृषि, भूमिसम्बन्धी कार्यहरूमा लाभ हुने संकेत छन् ।

सिंहः व्यापार व्यवसायमा लगानि गर्ने समय छैन, तनाव सृजना होला । पापकर्ममा मन जाला । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्नेछ ।

कन्याः श्रीवृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । विपरीत लिङ्गबाट साथसहयोग प्राप्त हुनेछ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ ।

तुलाः घरजग्गाको कारोबारबाट फाइदा मिल्ने दिन रहेको छ । शत्रु वर्गको मेख मर्ने समय छ । व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित लाभ मिल्नेछ ।

बृश्चिकः सामाजिक एवं राजनैतिक कार्यमा बाधा देखिन्छ । आजको दिन मायाजालमा नपरकै राम्रो । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

धनुः आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्तेछन् । गरेको कार्यमा उल्झन साथै चोटपटकको भय पनि रहेको छ, होशियारी अपनाउनु होला ।

मकरः साथीभाई आफन्तको साथसहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । चमत्कारी ढङ्गले सफलता मिल्नेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ ।

कुम्भः स्त्रीवर्गको सहयोगले ठूलो काम बन्नेछ । शैक्षिक एवं व्यवसायीक कार्यबाट सन्तुष्ट भईनेछ । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला ।

मीनः मानसम्मानको योग छ । व्यापार व्यावसाय फस्टाउनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

Ads

सम्बन्धित पोष्टहरू