Ads

बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु : स्वर्णिम वाग्ले


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी सूचना चुहावट गरेको आरोप निराधार रहेको दाबी गर्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले आफ्नो राजनीतिक तथा सार्वजनिक जीवनमाथि नियोजित रूपमा प्रहार भइरहेको आरोप लगाए। उच्च नैतिकताका आधारमा निर्माण गरेको छवि धमिल्याउन केही समूह सक्रिय रहेको उनको भनाइ थियो।

आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै वाग्लेले भने, “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्। अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु।”

उनले आफूले सधैं पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिएको उल्लेख गर्दै आरोप लगाउनेहरूले प्रमाणसहित अघि आउनुपर्ने बताए। साथै उनले आफ्नो जस्तो नैतिक प्रतिबद्धता अन्य राजनीतिक नेतृत्वमा पनि हुनुपर्ने टिप्पणी गरे।

वाग्लेको यो अभिव्यक्ति पछिल्लो समय ईभी कर तथा नीतिसम्बन्धी निर्णयलाई लिएर उठेका विवाद र आरोप–प्रत्यारोपबीच आएको हो।

Ads

सम्बन्धित पोष्टहरू