Ads

दाँतको समस्याले अस्पताल पुगे केपी ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् ।

दाँतमा समस्या देखिएपछि उनी आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीच) गएका हुन् ।

अध्यक्ष ओलीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी दिँदै उनकी सचिवालय प्रमुख निरुदेवी पालले दाँतको नियमित उपचारका क्रममा उनी अस्पताल पुगेको बताइन् ।

“अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनु भएको हो। अहिले चिकित्सकहरूको टोलीले उहाँको आवश्यक परीक्षण र उपचार गरिरहेको छ,” सचिवालय प्रमुख पालले भनिन् ।

अस्पताल स्रोतका अनुसार ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र दाँतको सामान्य उपचार (डेन्टल फलोअप) सकिएलगत्तै उनी आजै निवास फर्कने तयारी छ । ओलीको स्वास्थ्य परीक्षणमा शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरू संलग्न रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू