Ads

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक


काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्।

कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेपछि डंगोलले पहिलो पटक नगरसभामा नीति तथा कार्यक्रम पेश गरेकी हुन्।

महानगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शहरी पूर्वाधार विकास, सुशासन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, वातावरण संरक्षण तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

महानगरले समावेशी, दिगो र नागरिकमैत्री शहरी विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू