नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनःस्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले राजसंस्था फर्काउन र गद्दीमा राख्नका लागि धवल शमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको बताएका हुन्।
उनले आफूहरुले हिन्दु अधिराज्य कायम गर्ने संकल्प पनि लिएको बताए। सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी देश र जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाइ थियो।
उनले भने, ‘उद्देश्य हामी दुई जनाको एउटै छ– नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्।’
प्रतिक्रिया दिनुहोस्