Ads

खुलामञ्चमा भूमे पर्वको रौनक, तीन दिनसम्म प्रकृतिपूजाको उत्सव


मगर समुदायले प्रकृतिप्रति श्रद्धा व्यक्त गर्दै मनाउने परम्परागत भूमे पूजा पर्व आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। भूमे पर्व संरक्षण समितिको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने उक्त पर्वमा मगर समुदायका साथै विभिन्न जातजातिका सर्वसाधारणको सहभागिता रहनेछ।

वर्षायामको सुरुवातसँगै खाद्यबालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् र खेतीपाती सफल होस् भन्ने कामनासहित भूमिको पूजा गर्ने परम्परा रहेको छ। यही विश्वासअनुसार भूमे पूजा गरी प्रकृतिप्रति सम्मान प्रकट गर्ने र देवतालाई प्रसन्न बनाउने चलन रहिआएको छ।

मगर समुदायमा विशेष महत्वका साथ मनाइने यो पर्वले पृथ्वीमा कुनै प्रलय नआओस्, प्राकृतिक तथा दैवी प्रकोपबाट मानव जीवन सुरक्षित रहोस् भन्ने सन्देश दिने विश्वास गरिन्छ। प्रकृति संरक्षण, सामाजिक एकता र सांस्कृतिक पहिचानको संरक्षणमा भूमे पर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

आयोजकका अनुसार पर्व अवधिभर सांस्कृतिक झाँकी, परम्परागत नृत्य, गीतसंगीत तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ।

Ads

सम्बन्धित पोष्टहरू