Ads

मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित, सांसद राईद्वारा रोस्ट्रममै विरोध


प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथिको छलफल जारी छ । मन्त्रालयगत रूपमा भइरहेको छलफलमा मन्त्री उपस्थित नभएपछि स्थगित भएको हो ।

छलफलका लागि रोस्ट्रममा पुगेका एमाले सांसद राजेन्द्र राईले ९ वटा मन्त्रालयको छलफल भए पनि दुई जना मन्त्री मात्र उपस्थित भएपछि आफू विषयमा प्रवेश गर्न नसक्ने बताएका थिए ।

बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल छ ।

Ads

सम्बन्धित पोष्टहरू