Ads

अख्तियारको फन्दामा राहदानी विभागका महानिर्देशक अर्याल


राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्।

उनलाई राहदानी छपाइसम्बन्धी अनियमितताको आरोपमा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार राहदानी छपाइ ठेक्का प्रक्रियासँग जोडिएको अनियमितताबारे अनुसन्धान अघि बढाइरहेको अख्तियारले अर्याललाई पक्राउ गरेको हो। उक्त प्रकरणमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र ठेकेदार सिद्धार्थ थापासमेत अनुसन्धानको दायरामा रहेको बताइएको छ।

अख्तियारले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितता, ठेक्का व्यवस्थापन तथा निर्णय प्रक्रियाबारे विस्तृत छानबिन गरिरहेको जनाएको छ। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको आयोग स्रोतले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू