Ads

लुइस डियाज चम्किए, कोलम्बियाले विश्वकपमा विजयी सुरुवात गर्‍यो


फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा कोलम्बियाले विजयी सुरुवात गरेको छ। बिहीबार बिहान मेक्सिको सिटी रंगशालामा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।

खेलको ४०औँ मिनेटमा डेनियल मुनोजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा त्यही एक गोल निर्णायक बन्दै कोलम्बिया १–० को अग्रतासहित विश्राममा गएको थियो।

दोस्रो हाफको ६०औँ मिनेटमा उज्बेकिस्तानका अबोस्बेक फैजुल्लाएभले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। तर त्यसपछि कोलम्बियाले खेलमा पुनः पकड जमायो।

कोलम्बियाका स्टार फरवार्ड लुइस डियाजले ६५औँ मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा जामिन्टन क्याम्पाजले अर्को गोल थपेपछि कोलम्बियाले ३–१ को सहज जित सुनिश्चित गर्‍यो।

यस जितसँगै कोलम्बिया समूह ‘के’को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि भएको अर्को खेलमा पोर्चुगल र डीआर कंगोले बराबरी खेल्दै अंक बाँडेका थिए।

Ads

सम्बन्धित पोष्टहरू