Ads

टिपर दुर्घटनामा चालकको मृत्यु


तनहुँ, । स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरा उपचारको क्रममा आज मृत्यु भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू