प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले परिवारसहितको तस्बिर सार्वजनिक गर्दै चितवन भ्रमणको प्रवर्द्धन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन चितवन पुगेका शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत चितवनको आतिथ्यता र वातावरणको प्रशंसा गरेका हुन्।
शाहले पत्नी सविना काफ्ले र छोरीसँग होटलमा खिचिएको पारिवारिक तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, “भिजिट चितवन, न्यानो ठाउँ 🙂”।
व्यस्त राजनीतिक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त तस्बिरमा शाह परिवार सहज र खुसी मुद्रामा देखिएको छ। महाधिवेशनको माहोलबीच फुर्सदको समयमा खिचिएको तस्बिरसँगै उनले चितवनप्रतिको सकारात्मक अनुभूति व्यक्त गरेका हुन्।
उनको पोस्टलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले आन्तरिक पर्यटन प्रवर्द्धनको सन्देशका रूपमा लिएका छन्। छोटो शब्दमा गरिएको पोस्टले चितवनको प्राकृतिक सौन्दर्य, आतिथ्यता र पर्यटकीय सम्भावनालाई उजागर गरेको प्रतिक्रिया पनि आएको छ।
रास्वपाको महाधिवेशनका लागि देशभरबाट नेता–कार्यकर्ता तथा शुभेच्छुक चितवन पुगेका बेला प्रधानमन्त्री शाहको उक्त पोस्टले चितवन भ्रमणप्रति थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
शाहले सार्वजनिक गरेको पारिवारिक तस्बिर र ‘भिजिट चितवन, न्यानो ठाउँ’ भन्ने सन्देश अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्