आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। शुक्रबार सार्वजनिक गरिएको टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तानको जिम्मेवारीमा रहनेछन्।
घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारीसहित अनुभवी र युवा खेलाडीको समिश्रण रहेको छ।
यस्तै सन्दीप जोरा, शहाब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको क्यानले जनाएको छ।
नेदरल्यान्ड्समा हुने आईसीसी विश्वकप लिग–२ का खेलहरू नेपालको एकदिवसीय विश्वकप छनोट यात्राका लागि महत्वपूर्ण मानिएका छन्।
प्रतिक्रिया दिनुहोस्