मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) असम्भव आशाको पछि लाग्दा नोक्सानी हुन सक्छ । आफन्त तथा छिमेकीका काममा व्यस्त रहनुपर्ने देखिन्छ । लामो समयदेखि मनमा रहेको इच्छा पूरा हुने सम्भावना छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दुराशा र अत्यधिक महत्त्वाकाङ्क्षाले निराशा बढाउन सक्छ । हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ, त्यसैले धैर्य र संयम आवश्यक छ । पुराना समस्या दोहोरिन सक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)दाम्पत्य जीवनमा सामान्य विवादको सम्भावना छ । टाढा रहेका परिवारसँग सम्पर्क गर्नु लाभदायी हुनेछ । आम्दानी सामान्य रहनेछ भने पारिवारिक काममा समय खर्च हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिद्दीपन र घमण्डले काम बिग्रन सक्छ । जिम्मेवारी प्रति गम्भीर बन्नुपर्ने समय हो । अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुनेछ । कामको बोझ बढेपनि धैर्यका साथ अघि बढे सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मनोरञ्जन र व्यक्तिगत खुसीका लागि समय मिल्नेछ । नयाँ व्यवसाय प्रति आकर्षण बढ्नेछ । जोखिमपूर्ण निर्णय नगर्नुहोस् । चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो बुद्धिमत्ता प्रयोग गरेर लक्ष्य हासिल गर्न सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)सानातिना विषयमा विवाद हुन सक्छ । प्राथमिकता निर्धारण गरेर काम गर्नु आवश्यक छ । महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ । सहकर्मी वा साथीको सहयोगबाट महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको इच्छा पूरा हुने सम्भावना छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक आम्दानी अपेक्षाभन्दा राम्रो हुनेछ । तर अनावश्यक खर्च पनि बढ्न सक्छ । परिवार र जीवन साथीको सहयोग प्राप्त हुनेछ । बुद्धि र परिश्रमका कारण समाजमा सम्मान र गुरुजनबाट प्रशंसा पाउने योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) जीवन साथीसँग कुनै पनि कुरा लुकाउनु उचित हुनेछैन । उच्च शिक्षा वा विदेश अध्ययनको प्रयास गर्नेहरूका लागि समय अनुकूल छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) जिम्मेवारी बढ्ने भएकाले व्यक्तिगत जीवनमा कम समय दिनुपर्ने हुन सक्छ । खर्च बढ्ने सम्भावना छ । साथीहरूको सहयोगले व्यवसाय तथा पेशागत क्षेत्रमा सुधार आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सहकर्मीको सहयोगबाट महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । प्रेम सम्बन्धमा रहेका व्यक्तिका लागि दिन विशेष रहनेछ । आम्दानी बढ्ने सम्भावना भएपनि व्यक्तिगत इच्छा पूरा गर्न खर्च पनि बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) धेरै मेहनत गर्नुपर्ने दिन भए पनि निरन्तर प्रयासले सफलता दिलाउनेछ । प्रविधि तथा अनुसन्धान क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि समय अनुकूल छ ।
प्रतिक्रिया दिनुहोस्