Ads

चक्रपथको धुलोबीच हरियो आशा : सानेपाले देखायो सुन्दर सहरको बाटो (तस्वीरहरू)


चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइका कारण राजधानीका धेरै क्षेत्र अझै धुलो, निर्माण सामग्री र अव्यवस्थित सडकले कुरुप देखिँदा ललितपुरको सानेपा क्षेत्र भने हरियालीले ढाकिँदै उपत्यकाकै आकर्षक सडकखण्डका रूपमा चिनिन थालेको छ।

करिब सात वर्षअघि ललितपुर महानगरपालिका र विभिन्न सरोकारवाला निकायको सहकार्यमा सडक किनारमा रोपिएका वृक्षहरू अहिले घना बनेका छन्, जसले व्यस्त चक्रपथ क्षेत्रको सौन्दर्य बढाउनुका साथै वातावरणीय सन्तुलन र विशेषगरी गर्मीयाममा पैदलयात्रीलाई शीतल छहारीको राहत दिएको छ।

ललितपुर महानगरपालिकाले निजी क्षेत्र तथा ‘स्वच्छ हावा परियोजना’ सँगको सहकार्यमा ‘हरियाली सहर’ अभियानलाई निरन्तरता दिँदै वायु प्रदूषण नियन्त्रण र सहरी जीवनको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पारिरहेको छ। चक्रपथका अन्य क्षेत्र अस्तव्यस्त देखिए पनि सानेपाको यो रूपले योजनाबद्ध वृक्षारोपण, संरक्षण र दीर्घकालीन सोच भए सहरी क्षेत्रलाई पनि सुन्दर, स्वच्छ र बस्नयोग्य बनाउन सकिने एउटा सशक्त उदाहरण प्रस्तुत गरेको छ।

Chakrapatha-(8)-1782790341.jpg

Chakrapatha-(16)-1782790354.jpg

Chakrapatha-(7)-1782790341.jpg

Chakrapatha-(15)-1782790353.jpg

Chakrapatha-(11)-1782790347.jpg

Chakrapatha-(10)-1782790344.jpg

Chakrapatha-(5)-1782790339.jpg

Chakrapatha-(4)-1782790338.jpg

Chakrapatha-(14)-1782790351.jpg

Chakrapatha-(13)-1782790351.jpg

IMG-20260618-WA0405-1782790316.jpg

IMG-20260618-WA0401-1782790316.jpg

Ads

सम्बन्धित पोष्टहरू