Ads

पाँच सय जनाले पाए सुधारिएको चुलो


तुलसीपुर (दाङ), । तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिए।

वितरण गरिएका चुलोमा १५ प्रतिशत उपमहानगरपालिकाले, पाँच प्रतिशत उपभोक्ताको र बाँकी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र हरित जलवायु कोषले व्यहोर्ने भएको छ ।

चुलो विद्युत्को सहायताले बल्छ, जसले गर्दा दाउरा तथा गुइँठाको बचत हुने भएकाले नागरिकको चाहनाअनुसार चुलो वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू