मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घर परिवारमा सानातिना विषयमा मतभेद देखिए पनि अन्तत: वातावरण तपाईंको पक्षमा रहनेछ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिताको तयारी गरिरहनुभएको छ भने कडा मेहनतले सफलता दिलाउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य क्षेत्रमा उत्साहजनक वातावरण रहनेछ । धार्मिक वा सामाजिक सेवामा सानो सहयोग गर्नुभयो भने मनमा सन्तुष्टि मिल्नेछ । प्रेम सम्बन्ध थप प्रगाढ बन्ने संकेत छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सहयोगको अपेक्षा गरेअनुसार साथ नपाउँदा केही काममा अवरोध आउन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ, त्यसैले आराममा ध्यान दिनुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यक्तित्व आकर्षक बन्नेछ र अरूको ध्यान सहजै तान्न सकिनेछ । सहकर्मीको सहयोगले काम सहज रूपमा सम्पन्न हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जन र पारिवारिक सुखको दिन रहनेछ । जीवनसाथी वा प्रेमीसँग सम्बन्ध अझ बलियो बन्ने संकेत छ । व्यापारिक छलफल वा नयाँ सम्झौताका लागि समय अनुकूल देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) घर परिवार प्रति आकर्षण बढ्नेछ । केही काममा सहकर्मीको अभाव महसुस भएपनि परिवारबाट सहयोग प्राप्त हुनेछ । पुराना साथीभाइ वा आफन्तसँग भेटघाट हुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)कार्यस्थलमा वरिष्ठको सुझावलाई बेवास्ता नगर्नुहोस् । घर परिवार वा प्रेम सम्बन्धको तनावले काममा असर पार्न सक्छ । आत्मीयजनसँग कुराकानी हुने भएपनि भेटघाटको अवसर भने कम मिल्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथीभाइ र आफन्तसँगको सहकार्य फलदायी रहनेछ । आर्थिक अवस्था सन्तोषजनक रहने संकेत छ । अरूको काममा सहयोग गर्नुपर्ने अवस्था आउन सक्छ, जसले व्यक्तिगत योजनामा केही असर पारेपनि आत्मसन्तुष्टि मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)तपाईंको बोली र अभिव्यक्तिले अरूलाई प्रभावित पार्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । आर्थिक लाभका साथै दीर्घकालीन लगानीका लागि समय राम्रो देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) जीवनसाथी वा साझेदारसँग खुलेर कुरा गर्दा समस्याको समाधान भेटिन सक्छ । आर्थिक बचत गर्ने सोच बलियो भएपनि तत्काल ठूलो लाभ हुने संकेत भने छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम र विश्वासका सम्बन्ध अझ मजबुत बन्ने समय छ । नयाँ सम्बन्ध सुरु हुने सम्भावना पनि देखिन्छ । आत्मविश्वास बढ्नेछ र आम्दानीका नयाँ स्रोतबारे सोच्ने अवसर मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आफूभन्दा साना वा अनुभवहीन व्यक्तिलाई मार्गदर्शन गर्ने अवसर मिल्नेछ । मेहनतको उचित प्रतिफल प्राप्त हुने दिन हो । सिर्जनात्मक सोच र आत्मविश्वासका कारण कार्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्