Ads

आज रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको सपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको सपथ लिँदैछन्।

पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे वनस्थित पार्टी केन्द्रीय कार्यालयमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।

गत असार ७ देखि १२ गतेसम्म भरतपुरमा सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य चयन गरेको थियो। सभापतिमा लामिछाने तथा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मतदानमार्फत निर्वाचन गरिएको थियो।

रास्वपाको विधानअनुसार पार्टीमा १९ जना पदाधिकारी रहने व्यवस्था छ। महाधिवेशनबाट ६ जना पदाधिकारी चयन भइसकेकाले बाँकी १० जना पदाधिकारी मनोनयन गर्ने अधिकार सभापति लामिछानेलाई रहेको छ।

हालसम्म पार्टीका महत्वपूर्ण जिम्मेवारी मानिने प्रवक्ता र कोषाध्यक्ष पदमा कसैलाई नियुक्त गरिएको छैन। यस्तै, वरिष्ठ नेताको जिम्मेवारीमा वालेन्द्र शाह स्वतः मनोनीत हुने सम्भावना रहेको बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू